समाचार/सूचना

  • , , ,

    मिति २०८१ साल असार ५ गते बसेको उर्लाबारी नगरपालिकाको नगर सभाको बाह्रौँ अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८१।०८२ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भई मिति २०८१ साल असार १० गते बसेको दोस्रो बैठकबाट नीति, कार्यक्रम तथा बजेट सर्वसम्मतिबाट स्वीकृत भएको छ । स्वीकृत बजेटमा आयतर्फ आन्तरिक आम्दानी रु. ९ करोड ९१ लाख ७८ हजार, संघीय सरकार वित्तीय समानिकरणतर्फ रु. १६ करोड २१ लाख, संघीय सरकार विशेष अनुदान तर्फ रु. ३ करोड, बाँडफाँटबाट प्राप्त हुने विज्ञापन कर रु. ३ लाख ७० हजार, वित्तीय समानिकरण प्रदेश सरकारतर्फ रु. १ करोड ३ लाख १८ हजार, सवारी साधन कर बाँडफाँट प्रदेश सरकारतर्फ रु. 9७ लाख ७५ हजार, सडकबोर्ड बाट प्राप्त हुने रकम रु. ८० लाख, संघीय सरकार सशर्त अनुदानतर्फ रु. ४५ करोड ८४ लाख, प्रदेश सरकार सर्शत अनुदानतर्फ रु. ५८ लाख २ हजार ५ सय, रजिष्ट्रेशन बाँडफाँटबाट रु. २ करोड ५० लाख, संघीय सरकार समपुरक अनुदानतर्फ रु. १ करोड ५० लाख, संघीय सरकार बाँडफाँट भई प्राप्त वन रोयल्टी ३७ लाख, प्रदेश सरकार समपूरक अनुदानतर्फ रु. १ करोड ५० लाख, बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर तर्फ रु. १० करोड, जनसहभागितातर्फ रु. १ करोड ९० लाख र आ.व. २०८०।०८१ को मौज्दाततर्फ रु. ९ करोड गरी जम्मा कुल आम्दानी रु. १ अर्ब ५ करोड १६ लाख ४३ हजार ५ सय अनुमान गरिएको छ भने व्ययतर्फ संघीय सरकार सशर्त अनुदानतर्फ रु. ४५ करोड ८४ लाख, संघीय सरकार विशेष अनुदान तर्फ रु. ३ करोड, संघीय सरकार समपुरक अनुदानतर्फ रु. १ करोड ५० लाख, प्रदेश सरकार समपूरक अनुदानतर्फ रु. १ करोड ५० लाख, प्रदेश सरकार सर्शत अनुदानतर्फ रु. ५८ लाख २ हजार ५ सय, सडकबोर्ड बाट प्राप्त हुने रकम सडक मर्मततर्फ रु. ८० लाख, जनसहभागितातर्फ रु. १ करोड 9० लाख, चालू तथा प्रशासनिक खर्चतर्फ रु. १४ करोड ९१ लाख ६० हजार, नगर गौरव आयोजनाको लागि आवश्यक रकम रु. १ करोड, नगरपालिकाको समपूरक कोषतर्फ रु. २ करोड, भवन निर्माणतर्फ रु. १ करोड, ऐन बमोजिम नगरपालिका आफैले गर्नुपर्ने अत्यावश्यक कार्यहरुतर्फ रु. १ करोड १५ लाख, विपद् व्यवस्थापन कोषमा रु. १ करोड २५ लाख, मर्मत सम्भार कोषमा रु. १ करोड २५ लाख, नगरपालिकाका विषयक्षेत्रगत योजना तथा कार्यक्रमको एकमुष्ट रकम रु. २७ करोड ४७ लाख ८१ हजार गरी कुल खर्च रु. १ अर्ब ५ करोड १६ लाख ४३ हजार ५ सय अनुमान गरिएको छ । जसमध्ये कूल चालु खर्चतर्फ ४२ करोड ८१ लाख १० हजार अर्थात कुल खर्चको ४०.७१ प्रतिशत र पूँजिगत खर्चतर्फ ६२ करोड ३५ लाख ३३ हजार ५ सय अर्थात कुल खर्चको ५९.२९ प्रतिशत रहेको छ ।

  • ,
  • ,

Pages