समाचार/सूचना

  • यस नगरपालिकाको मिति  २०७२/१२/१५ मा प्रकाशित सूचना अनुसार तपसिल बमोजिमका विज्ञापन नम्वर, पद/तह अनुसार दरखास्त फाराम स्वीकृत गराएका सम्पूर्ण उम्मेद्वारहरुको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रमानुसार निम्न मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

     

  • यस नगरपालिकाले सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय विराटनगरको सहकार्यमा मिति २०७३/०१/२१ गतेबाट ७ (सात) दिने भूकम्प प्रतिरोधी भवन निमार्ण सम्बन्धी कालिगढ तालिम संचालन गर्ने भएको हुुदा तालिम लिन योग्यता भएका ईच्छुक व्यक्तिहरुबाट तपसिल बमोजिमका आवश्यक कागजात सहित सूचना प्रकासित भएको मितिले ७ (सात) दिन भित्रमा यस कार्यालयको योजना तथा प्राविधिक शाखामा दरखास्त आहवान गर्न यो सूचना प्रकाशित गरिएको छ ।

    तपसिल :
    १) उर्लाबारी नगरपालिकाको स्थायी बासिन्दा हुनु पर्ने ।
    २) नेपाली नागरिकता प्रमाण–पत्रको प्रतिलिपि – १ थान
    ३) भवन निमार्ण सम्बन्धी काम गरेको हुनु पर्ने ।
    ४) सामान्य लेखपढ गर्न जान्ने ।
     

  • यस कार्यालयले आदिवासी जनजाती, महिला, दलित, मुस्लिम, पिछडावर्ग, लक्षीत वर्ग तथा लोपन्मुख जातीहरुका लागि लोकसेवा आयोगबाट लिईने खरिदार पदको विज्ञापनलाई आधार मानि निम्न मिति, समय र स्थानमा लोकसेवा तयारी कक्षा संचालन गर्ने भएकोले ईच्छुक व्यक्तिहरुले आवेदनको लागि थप गरिएको म्याद यही मिति २०७२/१२/३० गते सम्म नगरपालिकामा निवेदन दिनु हुन सबैमा जानकारीका लागि यो सूचना प्रकासित गरिएको छ ।

    निम्न :
    मिति : २०७२/१२/३० गते मंगलबारबाट
    समय : दिनको ठिक २ः३० बजे
    स्थान : एभरेष्ट मल्टि टेक्निकल कलेज, उर्लाबारी–२
     

  • यस उर्लाबारी नगरपालिका र व्यावसायिक तथा सिप विकास तालिम केन्द्रको सहकार्यमा लक्षित वर्ग अन्र्तगत अपाङ, द्वन्दपिडित, विपन्न, दलित, आदिवासी/जनजाती, मघेसी तथा अन्य जातजातिका महिला तथा पुरुषहरु मध्ये १५ (पन्ध्र) जनालाई निःशुल्क सिपमुलक वेल्डिङ्ग तालिम (३ महिने) संचलान गरिने भएकोले ईच्छुक १८ वर्ष पुगी ४० वर्ष ननाघेका स्थानीय नागरिकले यो सुचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र यस नगरपालिकाको कार्यालयमा आवेदन फारम भर्नु हुन आह्वान गरिन्छ ।
    आवश्यक कागजात :
    १) नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि – १ थान
    २) उर्लाबारी नगरपालिकाको स्थानीयवासी हुनु पर्नेछ ।
    ३) न्यूनतम शैक्षिक योग्यता – जिल्ला स्तरीय परिक्षा (कक्षा ८) पास हुनुपर्नेछ ।
    विस्तृत जानकारीको लागि उर्लाबारी न.पा. को सामुदायिक तथा वातावरण शाखामा सम्पर्क राख्नु होला ।
     

  • यस नगरपालिका कार्यालयले आदिवासी जनजाती, महिला, दलित, मुस्लिम, पिछडावर्ग, लक्षित वर्ग तथा लोपन्मुख जातीहरुका लागि मिति २०७३/०१/०५ गतेबाट लोकसेवा आयोगबाट लिईने खरीदार पदको विज्ञापनलाई आधार मानि तयारी कक्षाहरु संचालन गर्ने भएकोले निम्नानुसार सुचना प्रकासित गरिएकोले ईच्छुक व्यक्तिहरुले २०७२ चैत्र २५ गते भित्रमा यस नगरपालिकामा निवेदन दिनु होला वा नगरपालिकाको सामाजिक विकास शाखामा सम्पर्क गर्नु हुन जानकारी गराईन्छ ।
    निम्न :
    १) उर्लाबारी नगरपालिकाको स्थायी बासिन्दा हुनु पर्नेछ ।
    २) रजिष्ट्रेशन शुल्क वापत रु. ५००/– लाग्नेछ ।
    ३) कक्षा संचालन ३० दिन हुनेछ । 
     

  • उर्लाबारी नगरपालिकाको खुल्ला र समावेशी प्रतियोगितात्मक परिक्षाद्वारा स्थायी पदपुर्ति गरीने सम्बन्धि दरखास्त आव्हान गरिएको सार्वजनिक

    यस नगरपालिकामा रिक्त रहेका देहायका पदहरुमा स्थानीय स्वायत्त शासन नियमावली २०५६, (संशोधन सहित) को नियम २१३ बमोजिम स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने भएकोले योग्यता पुगेका नेपाली नागरिकबाट यस नगरपालिकाबाट स्वीकृत फारम भरी दरखास्त आह्वान गरिन्छ ।

    दरखास्त फारामको लागि उर्लाबारी नगरपालिका कार्यालयमा कार्यालय समय भित्र कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्नु हुन समेत जानकारी गराईन्छ :

Pages